हेटौंडाको डाउनटाउन पिज्जामा साङ्ला भेटियो, रेस्टुरेन्टद्वारा गल्ती स्वीकार
हेटौंडा उपमहानगरपालिका–४, परिजातपथस्थित डाउनटाउन पिज्जाबाट बिक्री गरिएको पिज्जामा साङ्ला भेटिएको छ।
हेटौंडा–५, सानोपोखराकी रिया श्रेष्ठले सोमबार अर्डर गरेको ‘चिकेन डिलाइट (स्मल)’ पिज्जामा साङ्ला भेटिएको हो। उनले पिज्जासहित अन्य परिकार पनि अर्डर गरेकी थिइन्।
पिज्जा खान लाग्दा साङ्ला देखिएपछि उनले तत्काल रेस्टुरेन्टलाई जानकारी गराएकी थिइन्। ह्वाट्सएप संवादअनुसार रेस्टुरेन्टले घटनाप्रति माफी माग्दै यो आफ्नो गल्ती भएको स्वीकार गरेको छ।
रेस्टुरेन्टले धेरै अर्डर र कर्मचारीको कार्यचापका कारण यस्तो घटना भएको हुन सक्ने उल्लेख गरेको छ।
साथै, यस्तो पहिलो पटक भएको भन्दै पिज्जाको रकम उपभोक्तालाई फिर्ता गरेको छ । भिडियो तथा तस्बिरमा पिज्जाभित्र साङ्ला देखिएको छ।







