हेटौंडामा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

छहारी संवाददाता
असार १४, २०८२

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा –१९ सान्नानिटारमा सडक छेउमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार आज बिहान अन्दाजी ४० वर्षीय एक पुरुषलाई टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला पारिएको हो । घटनास्थलको प्रारम्भिक दृश्यावलोकनका आधारमा ती व्यक्तिलाई कुनै सवारी साधनले ठक्कर दिएको आशंका गरिएको छ।

घाइतेलाई तत्कालै उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो। तर अस्पतालमा डाक्टरले बिहान ३–२० बजे उनलाई मृत घोषणा गरेका छन्। हाल मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। शव हेटौंडा अस्पतालमै राखिएको छ।

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ। सवारी ठक्कर वा अन्य कुनै आपराधिक कारणले मृत्यु भएको हो वा होइन भन्नेबारे थप विवरण आवश्यक अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*