हेटौंडामा दुइ दिने बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२ हुँदै

छहारी संवाददाता
असार ११, २०८२

हेटौंडामा पहिलोपटक बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२ हुने भएको छ ।

यवालाई रोजगारीमा जोड्ने लक्ष्यसहित यहि असार १४ र १५ गते हेटौंडा–२ मा रहेको पल्पसा सभागृहमा महोत्सव आयोजना हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त पहल तथा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले जिल्लाका दर्जनौ युवालाई रोजगारीको अवसर दिने अपेक्षा गरिएको छ।

बुधबार पत्रकार सम्मेलन आयोजा गरी मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले रोजगार महोत्सव तीन दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी उद्योग प्रतिष्ठानको सहभागिता रहने जानकारी दिनुभयो । प्लस टु तहका विद्यार्थी, अभिभावक, कलेज तहका युवा र रोजगार खोजीमा रहेका युवाहरुलाई लक्षित गरी महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा मकवानपुर उद्योग बाणिज्यसंघका उपाध्यक्ष उज्वल चौलागाँईले देशैभरीका रहेका बेरोजगार तथा रोजगारी खोजिरहेका युवा तथा विद्यार्थीलाई रोजगारीको अवसरसंग प्रत्यक्ष जोड्नु महोत्सवको मुख्य उदेश्य रहेको बताउनुभयो ।

महोत्सवमा सहभागी उद्योगहरुले अन द स्पट जब अफर अनुसार रोजगारी दिन सक्ने तथा व्यवसाय गर्न चाहने युवाहरुलाई व्यवसायिक परामर्श, बजारीकरण सम्बन्धी तालिम, तथा बैंक कर्जा प्रवाहको प्रक्रियासमेत जानकारी गराइने उहाँले बताउनुभयो । महोत्सवमा श्रम र रोजगारसँग सम्बन्धित विविध विषयमा विज्ञ तथा अनुभवी व्यक्तिहरुको सहभागितामा प्यानल डिस्कसन समेत हुने उहाँले जानकारी दिनुभयो ।

असार १४ गते सुरु हुने महोत्सवको औपचारिक उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गर्नुहुने आयोजकले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*