आर्थिक वर्ष २०८२/८३ का लागि रूपान्तरणमुखी नीति तथा कार्यक्रम सार्वजनिक: बागमती प्रदेश

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि रूपान्तरणमुखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको कार्यक्रमले संघीयता सबलीकरण, समावेशी विकास, भौतिक पूर्वाधार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, र शिक्षा–स्वास्थ्य सुधारमा विशेष जोड दिएको छ ।
‘समृद्ध बागमती, सुखी प्रदेशबासी’ लक्ष्यसहित सार्वजनिक गरिएको कार्यक्रममा एक वडा–एक उद्यम, एक स्थानीय तह–एक प्रमुख उद्योग, न्यूनतम समर्थन मूल्य, आधुनिक सिँचाइ, अपांगमैत्री पूर्वाधार, लोपोन्मुख समुदायको संरक्षण र डिजिटल ट्रान्सफर्मेसन प्राथमिकतामा परेका छन् ।
प्रादेशिक सडको गुरुयोजनाको अद्यावधिक गरी प्राथमिकताको आधारमा प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्गहरुको विकास र स्तरोन्नति गरिने भएको छ ।
साथै, मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने, भिमबहादुर तामाङ शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन हुने, तथा गौरीटार र गौतमबुद्ध रंगशालाको पूर्वाधार निर्माणलाई निरन्तरता दिइने उल्लेख छ ।
नीति तथा कार्यक्रममा पारदर्शिता, सुशासन, विपद् व्यवस्थापन, सूचना प्रविधि र एआई प्रयोगमा जोड दिइने उल्लेख छ ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पुर्ण पाठ