प्रेस युनियनको ३४ औं स्थापना दिवसमा मकवानपुरमा खाद्यान्न वितरण

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मकवानपुर शाखाले शुभकामना आदानप्रदान तथा खाद्यान्न वितरण गरेको छ ।
मंगलबार हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयलाई खाद्यान्न वितरण गर्दै मकवानपुर शाखाले स्थापना दिवस मनाएको हो । युनियन ३४ औं स्थापना दिवसको अवसरमा जेठ १२ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने केन्द्रीय सर्कुलर अनुसार मकवानपुर शाखाले शुभकामना आदानप्रदानसँगै विद्यालयलाई खाद्यान्न वितरण गरेको हो ।
युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष राममणि दाहालको प्रमुख आतिथ्यतमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टरकी केन्द्रिय सचिव अन्जली थापा, सेन्टरका बागमती प्रदेश अध्यक्ष धुव्र अधिकारी, जिल्ला अध्यक्ष एमपी शर्मा, प्रदेश चौतारी मकवानपुरको इन्चार्ज विवश अधिकारी, जिल्ला अध्यक्ष सरिता दाहाल लगायत पत्रकार सम्बद्ध संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले देशको प्रमुख राजनीतिक परिवर्तनहरुमा प्रेस युनियनको भुमिका महत्वपूर्ण रहेको बताएका थिए । विद्यालयको जगेर्नामा युनियन साथमा भएको आभास होस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरिएको युनियनका मकवानपुर जिल्ला अध्यक्ष बिडारीले बताउनुभयो ।
विभिन्न समयमा प्रेस युनियनको अन्य शाखाहरु मध्ये मकवानपुर शाखा चलायमान रहेको भन्दै बैठक तथा कार्यक्रमहरुमा केन्द्रीय समितिद्वारा प्रशंसित समेत भएको छ । २०५६ सालदेखि हेटौंडा १० गोरक्षेश्वर क्षेत्र विकास धाम, राप्ती तटमा स्थायी रुपमा विद्यालय सञ्चालनमा रहेको छ । कक्षा ५ देखि ८ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।