साउदीको एक कम्पनीमा कार्यरत २ सय ५० नेपाली श्रमिकलाई अत्यावश्यक औषधी सहयोग

ओम प्रसाद फुयाल/ साउदी अरब
बैशाख २७, २०८२

नेपाली जनप्रगतिशील मञ्च साउदी अरबले सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूलाई अत्यावश्यक औषधी सहयोग गरेको छ ।

सेन्दान इन्टरनेसनल कम्पनीको क्याम्प नम्बर १७ मा कार्यरत दुई सय जना र क्याम्प नम्बर २ मा कार्यरत ५० जना नेपाली पीडित श्रमिकहरूलाई अत्यावश्यक औषधी सहयोग गरिएको हो ।

मञ्चका केन्द्रीय उपाध्यक्ष हरिबहादुर बुढाथोकी, सदस्य विक्रम श्रीपाली र सुनिल सेन्चुरी सहितको टोलीले क्याम्पमा गएर औषधी वितरण गरेको थियो । टोलीले सुगर प्रेसरका बिरामीका लागि समेत औषधी वितरण गरेको छ ।

साथै मञ्चले क्याम्प नम्बर १७ मा भेटिएका जटिल बिरामीहरूलाई डाक्टरको परामर्शमा चेकजाँच गरेर मात्र औषधी दिनुपर्ने अवस्था रहेकाले उनिहरुको उपचारका लागि नेपाली दूतावास साउदी अरब रियादलाई पहल गरिदिन आग्रह गरेको छ ।

नेपाली जनप्रगतिशील मञ्च साउदी अरबले नेपाली श्रमिकहरूको बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिदिन माग गर्दै लामो समयसम्म क्याम्पमा बस्न बाध्य नेपालीहरूलाई विशेष पहल गरी यथाशीघ्र नेपाल फिर्ता पठाउने वातावरण बनाउन समेत नेपाल सरकार परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत जिम्मेवार निकायहरूसंग माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*