हेटौंडामा आइतबारदेखि बागमती प्रदेश युवा सम्मेलन हुँदै

हेटौंडामा प्रदेश युवा सम्मेलन हुँदै छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा भोली देखि हेटौंडामा तीन दिन सम्म प्रदेश युवा सम्मेलन आयोजना हुने भएको हो ।
तीन दिन सम्मको सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा, सिप, सृजना, दिगो विकासमा जलवायु परिवर्तन, युवामा सिपमुलक तालिमको आवस्यक्ता अनी प्राथमिकता, नीति नेतृत्व र युवा संलग्नता, मुख्यमन्त्रीसंग युवा बिषयक छलफल गरिने छ ।
सम्मेलनमा विभिन्न विषयमा ६ वटा छलफलको आयोजना गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए । परिषद्ले ३० लाख रुपैयाँ खर्च हुने सम्मेलनमा सहभागी युवाले मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन् गर्नेछन् । सम्मेलनमा युवा पुस्ताको सफलताको कथा प्रस्तुती हुनेछ ।
मंगलबारसम्म सञ्चालन हुने सम्मेलनमा देशका सातै प्रदेशका युवाको समेत सहभागिता रहनेछ । अनलाइनमार्फत आवेदन दिएका प्रदेशभित्रका युवा, बागमती प्रदेशका ११९ वटै पालिकालाई एक/ एक जना सहभागी पठाउन आग्रह बमोजिम सिफारिस भएका युवा र सातै प्रदेशका प्रदेश युवा परिषद् वा सामाजिक विकास मन्त्रालयको सिफारिसमा युवाको सहभागिता रहनेछ । युवाहरुलाई युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्य रहेको चौलागाईले बताए ।