राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जना गम्भीर

छहारी संवाददाता
बैशाख २४, २०८२

मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ जाँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप बिहान करिब ८:१५ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पठाएको थियो । जिपमा चालकसहित ९ जना थिए । राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिल बहादुर घलान, ६५ वर्षीया फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएका छ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*