मकवानपुरमा बिपद् प्रतिकार्य योजना सम्बन्धि बैठक सम्पन्न

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिपद् प्रतिकार्य योजना सम्बन्धि बैठक आयोजना गरेको छ ।
बिपद्को जोखिम कम गर्न र बिपद जाँदा तत्काल उद्दार र राहत र पुर्नस्थापनाका लागि बैठक आयोजना गरिएको हो । बर्षायाम सुरु हुनै लाग्दा बिपदमा खटिने विभिन्न क्षेत्रका सरकारी कार्यालयहरुलाई योजना सहित उद्दार र राहतमा लाग्ने ब्यबस्थापनका लागि बैठक आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो । बिपद्का बेला सरकारको उपस्थिती पुर्ब तयारी सहित हुनुपर्ने प्रजिअ श्रेष्ठको भनाई छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले बिपदका बेला खोज उद्दार गर्ने पिडीतहरुलाई सुरक्षित स्थानमा सार्नेहरुको पोषण, स्वास्थ्य, शिक्षा लगायतका बिषयमा पुर्ब तयारी र तीनै तहका सरकारबीच समन्वय सहितको कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रहरी उपरिक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी उपरिक्षक सन्तोषबिक्रम शाह, राष्ट्रिय अनुसन्धानका कार्यालय मकवानपुरका प्रमुख प्रज्वल खड्का सहित जिल्लास्थित सरकारी कार्यालयका कार्यालयका प्रमुख,जिल्लाका सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
बैठकले सबै सरकारी कार्यालयलाई बिपद प्रतिकार्य योजना जेठ महिनाभित्र जिल्ला बिपद समितीमा पेश गर्न निर्देशन दिएको छ । यस्तै सबै स्थानीय तहलाई मनसुनजन्य बिपद प्रतिकार्य योजना बनाई जिल्ला बिपद ब्यबस्थापन समितीमा पठाउन आग्रह गर्ने निर्णय भएको छ ।