हेटौंडामा ३० किलो लागुऔषध गाँजा सहित १ महिला पक्राउ

हेटौंडाबाट ३० किलो लागुऔषध गाँजा सहित १ जना महिलालाइ पक्राउ गरिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर–१० बसपार्कमा लागूऔषध गाँजा ओसारपसार भईरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले महिलालाई पक्राउ गरेको हो ।
प्रहरीले हेटौडा बसपार्कबाट बिरगंजतर्फ जान रोकि राखेको बा प्र ०३–०१ ज ९७४ नंबरको इभी गाडीमा सवार चितवन राप्ती नगरपालिका वडा नंबर–८ खुरखुरे बस्ने ३० वर्षिय लालमाया तामाङलाई ३० केजी गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
उनले गाडीको छतमाथी जेब्रा झोलाभित्र लुकाई राखिएको तीन वटा पोकामा ३० किलो लागुऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।