कान्ति लोकपथको हेटौंडा–ठिंगन–काठमाण्डौ सडक खण्ड संचालन

जेठ १ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सडकखण्ड मर्मतका लागि बन्द रहने
छहारी संवाददाता
बैशाख २१, २०८२

वर्षाका कारण अवरुद्ध भएको कान्ति लोकपथको हेटौंडा–ठिंगन–काठमाण्डौ सडक खण्ड संचालनमा आएको छ ।

बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएको थियो । उक्त सडक मर्मत पश्चात आइतबार दिउँसो पौने १ बजेदेखि सवारी आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

डाइभर्सन बगाएपछि आइतबार बिहान ६ बजेदेखि नै सवारी आवतजावत रोकिएको थियो ।

यसैबीच, सडक मर्मत कार्य जारी रहेकाले जेठ १ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कान्तिलाकपथ सडकखण्ड बन्द रहने समेत प्रहरी जानकारी दिएको छ ,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*