वर्षाका कारण कान्ति लोकपथको हेटौंडा–काठमाण्डौ सडक खण्ड अवरुद्ध

वर्षाका कारण कान्ति लोकपथको हेटौंडा–काठमाण्डौ सडक खण्ड अवरुद्ध भएको छ ।
बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार डाइभर्सन बगाएपछि आज बिहान ६ बजेदेखि नै गाडीको आवतजावत रोकिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले हेटौंडा–काठमाण्डौ यात्रामा यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।