मनहरीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा हेटौडाबाट चितवन जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको ट्रकले बाटो काट्दै गरेका एक पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्रीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–९ घर भई हाल मनहरी गाउँपालिका ८ बस्ने ७० वर्षका गंगा बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्रक र ट्रक चालक सर्लाही हरिवन नगरपालिका–११ बस्ने ४० वर्षका प्रमोद महत्तोलाई मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।