मोबाइल व्यवसायी महासंघको साधारणसभा वैशाख २६ र २७ गते हेटौंडामा हुने

छहारी संवाददाता
बैशाख १६, २०८२

मकवानपुर मोवाइल एसोसिएसनको संयोजनमा नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभा यही बैशाख २६ र २७ गते हेटौंडामा हुने भएको छ ।

हेटौंडा स्थित रोयल पार्टी प्यालेसमा हुने साधारणसभाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने बताइएको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका केन्द्रिय उपाध्यक्ष एवम् साधारणसभा संयोजक छतेन्द्र आचार्यले साधारणसभामा मोबाइल व्यवसायीका विभिन्न मुद्दाहरूमा छलफल हुने बताउनुभयो ।

मोबाइल व्यवसायीका समस्या, समाधानका उपाय, अवसर र चाूनौतिका विषयमा साधारणसभा केन्द्रित रहने उहाँले बताउनुभयो । मोवाइल बिक्रिमा देखिएको अस्वभाविक प्रतिस्पर्धाले व्यवसायमा पारेको असरलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा पनि गहन छलफल गरिने उहाँले बताउनुभयो ।

उक्त अवसरमा सभाहल बाहिर मोवाइल कम्पनी तथा एसोसेरिजहरुको दशवटा स्टल समेत रहने छ । उद्घाटनको दिन बिहान प्रभातफेरी समेत आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*