कुल बजेटको न्यूनतम २ प्रतिशत बजेट छुट्याउन पत्रकारहरूको माग

छहारी संवाददाता
बैशाख १७, २०८२

पत्रकार महासंघ बागमती प्रदेश समिति र प्रदेश स्थित पत्रकार सम्बद्ध विभिन्न संगठनहरूले संचारमैत्री बजेट निर्माणमा विशेष ध्यान दिन आग्रह गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष कृष्ण सारु मगर नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री बहादुर सिंह लामालाई आगामी आर्थिक वर्षमा सञ्चारमैत्री बजेट ल्याउन आग्रह गरेका हुन् । हाल प्रदेश सरकारले विनियोजन गरेको बजेट पर्याप्त नभएको भन्दै कुल बजेटको न्यूनतम २ प्रतिशत बजेट संचार क्षेत्रका लागि विनियोजन गर्न टोलीले माग गरेको छ ।

साथै, पत्रकारहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष कृष्ण सारुले बताउनुभयो । साथै पत्रकार स्वास्थ्य बीमा, दुर्घटना बीमा, पत्रकार कल्याण कोष र प्रदेश भवन निर्माणलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्न उहाँले आग्रह गर्नुभयो ।
ध्यानाकर्षण पत्र बुझाउन प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर लगायत संगठनका प्रदेश प्रतिनिधिहरूको सहभागिता थियो ।

मुख्यमन्त्री लामाले केही मागहरू आगामी बजेटमा समावेश गर्ने आश्वासन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*