हेटौंडा -६ मा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रामनगरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सल्लाघारी सिटिइभिटी नजिकै बिजय पथमा हात्तिलेटबाट हेटौंडा ७ नागश्वती जाँदै गरेको ना ५४ प १८७६ नंम्बरको मोटरसाईकललको ठक्करबाट गम्भिर घाइते भएका हेटौडा ६ रामनगर बस्न वर्ष ६१ का कमल बहादुर बोहोराको गए राती उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भिर चोट लागेका बोहोरालाई हेटौडा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज पठाइएको थियो । ठक्कर दिने मोटरसाईकल चालक हेटौडा ६ हात्तिलेटका बिदुर सापकोटा फरार रहेका छन् । उनको खोजी भैरहेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु आर्यालले जानकारी दिनुभयो ।