अभिनेता तथा फिल्म निर्देशक नीर शाह एक लाख नगद राशी सहित सम्मनित

छहारी संवाददाता
माघ १५, २०८१

नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धक एवम् अभिनेता तथा फिल्म निर्देशक नीर शाह एक लाख नगद राशी सहित सम्मनित हुनुभएको छ ।

शाहलाई १६ औं संस्करणको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ प्रदान गरिएको हो ।भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्दै नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै शाहलाई नगद एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

शाहले विगत पाँच दशकदेखि निरन्तर आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत योगदान पु¥याइरहनुभएको छ ।

उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको हो । यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी,शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा , कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम,किरण प्रधान, राजेन्द्र थापा सम्मानित भैसकेका छ्न ।

साहित्य सगित र सिनेमाले समयकालिन वस्तुस्थिति को चर्चा गर्ने बताउनुभयो । गीतकार, कवि एवम् रचनाकार नागेन्द्रा थापाको प्रमुख आतिथ्यतामा पुरस्कार समर्पण समारोह गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*