प्रेस सेन्टर मकवानपुरको अध्यक्ष एमपी शर्मा

छहारी संवाददाता
माघ १३, २०८१

प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा आगामी तीन वर्षका लागी एमपी शर्मा चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको छैठौं अधिवेशनले शर्माको नेतृथ्वको १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

प्रेस सेन्टर मकवानपुरको उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र समावेशी उपाध्यक्षमा नवराज वाईबा, सचिव अनिल पराजुली, सहसचिवमा जमुना थिङ, सहसचिव समावेशी सुरेश बल, कोषाध्यक्ष राजेश थापा चयन हुनुभएको छ । सदस्यहरुमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, युवराज बिमली, सीता कोइराला र विवेक सिन्तान चयन हुनुभएको छ । थप सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने बताइएको छ ।

प्रेस सेन्टर नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष अञ्जली थापाको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले प्रेस सेन्टरले उठाएका विषयहरुलाई नै पत्रकार महासंघले श्रमजीविका ऐजेन्डा बनाएको दाबी गर्नुभयो । पत्रकारका न्यूनतम् पारिश्रमिक देखि साना तथा स्वरोजगारमूलक मिडिया संरक्षणका विषय प्रेस सेन्टरले उठान गरेका मुद्धा रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले पत्रकार महासंघ पत्रकारको मात्रै साझा संस्था नभई आम नागरिकको पक्षमा आवाज बोल्ने संस्था रहेको बताउनुभयो । पत्रकारिता बलियो हुँदा लोकतन्त्र बलियो हुने उहाँको धारणा थियो । जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारिता पेशालाई मर्यादित बनाउँदै समाजलाई सही दिशाबोध गर्नु पत्रकारको दायित्व रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नवनिर्वाचित पत्रकार महासंघ प्रदेश, जिल्ला समिति लगायत पत्रकार सम्बद्ध विभिन्न संगठनमा विजयीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान, मकवानपुर इज्चार्ज भिम पाख्रिन, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी, केन्द्रिय उपाध्यक्षद्धय लक्ष्मण खड्का,निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष पुष्प अधिकारी, समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*