मउवा संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवालको प्यानल घोषणा

मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रत्यासी अनिल अग्रवालले आफ्नो प्यानल घोषणा गर्नु भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको हालका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका अग्रवालले सोमबार साँझ व्यवसायिहरुको भेला आयोजना गरि आफ्नो प्रतिबद्धतासँगै सिङ्गो टिम घोषणा गर्नु भएको हो।
मउवा संघमा वाणिज्यतर्फ, उद्योगतर्फ र एशोसियटतर्फका उम्मेदवारहरु रहेका छन् भने संघको यस वर्ष २ हजार ९७ जना मतदाता रहेका छन् ।
अनिल अग्रवालको प्यानलमा महासचिव विकेशलाल श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी, सह-कोषाध्यक्ष राधिका सामरी पाण्डे, वाणिज्यतर्फ उपाध्यक्ष राजु अधिकारी, सचिव दिवस पराजुली, सदस्यहरु रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राई र महिला आरक्षणमा निलम पाण्डे रहनु भएको छ ।
यस्तै एशोसियटतर्फ उपाध्यक्ष विष्णु खनाल, उद्योगतर्फ उपाध्यक्ष रवीन्द्र प्रसाद घिमिरे, सदस्यहरु कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, महिला आरक्षणमा मेनका श्रेष्ठ रहनु भएको छ ।
यसैगरी वस्तुगततर्फ उपाध्यक्ष काव्यमणि अधिकारी, सचिव नेत्रप्रसाद खतिवडा, सदस्य शम्भु पुडासैनी रहनु भएको छ ।