१ सय ७ किलो गाँजा सहित पालुङका सुजन प्रहरीको नियन्त्रणमा
मकवानपुर प्रहरीले १ सय ७ किलो ५० ग्राम लागुऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानी चेकपोष्टबाट १ सय ७ किलो ५० ग्राम लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर २ पालुङ का २४ वर्षका सुजन तामाङ रहेको लाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मनहरीबाट हेटौंडा बजार आउँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरोलाई रोकेर चेकजाँच गर्दा, चालक तामाङले बोलेरोको ढाला भित्र लुकाई ल्याएको उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको हो । तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेका प्रहरी जनाएको छ ।






