विजयादशमीको टीकाको ‘अन्तर्राष्ट्रिय साइत’ सार्वजनिक
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष विजयादशमीको टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ ।
समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै विभिन्न देशमा बसोबास गर्ने सनातन हिन्दु धर्मावलम्बीहरूका लागि यस वर्षको टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो । समितिका अनुसार नेपालमा टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
यस्तै भारतमा अक्टोबर १२ मा बिहान ११ बजेर ४२ मिनेटमा, अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ मा १० बजेर १ मिनेटमा, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ मा ११ बजेर २१ मिनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।
यस्तै मेलबर्नमा ११ बजेर २७ मिनेटमा, बेलायतको लण्डनमा अक्टोबर १२ मा १० बजेर २१ मिनेटमा, कतारमा अक्टोबर १२ मा ११ बजेर ५ मिनेटका लागि उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
विज्ञप्ति