कुलेखानी जलाशयमा पानी कम हुँदै गएपछि ड्यामका ढोका बन्द

छहारी संवाददाता
अशोज १३, २०८१

कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानी कम हुँदै गएपछि ड्यामका ढोका बन्द गरिएको छ ।

अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान साढे पाँचबजेदेखि ड्यामका २ वटा ढोका खोलिएको थियो । ढोका खोलेर जलाशयको पानी निकाशा गरेको करीब १२ घण्टापछि दुबै ढोका बन्द गरिएको कुलेखानी जलविद्युत केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

जलाशय भरिएर १ हजार ५ सय ३१ मिटर पुगेर ओभरफ्लो हुन थालेपछि ड्यामको दुवै ढोका साढे ४ मिटरसम्म खोलिएको थियो । जलाशयको भण्डारण क्षमता एक हजार पाँच सय ३० मिटर रहेको छ ।

नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’ मानिने यस केन्द्रबाट अहिले २४ सै घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*