मुखिया भन्दा कानुन ठूलो होः बागमती प्रदेशका मुख्यमन्त्री लामा

छहारी संवाददाता
भदौ ६, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मुखिया भन्दा कानुन ठूलो रहेको बताउनु भएको छ ।

बिहिबार नेपाल तामाङ घेदुङ मकवानपुरले ९२ औं तामाङ पहिचान दिवसको अवसरमा हेटौंडामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेशमा पछिल्लो समय तामाङले पनि नेतृत्व लिन थालेकोमा गर्व गर्नुपर्ने बताउनुभयो ।

तामाङहरु आफ्नो कानुन आफै बनाउन सक्ने स्थानमा पुगेकै कारण आज तामाङ भाषालाई कामकाजी भाषाका रुपमा स्थापित गर्ने कानुन बनाउन सफल भएको उहाँले बताउनुभयो । उहाँले मुख्यमन्त्री लामाले यो तामाङको पहिलो सम्पती र सफलता रहेको बताउनुभयो ।

९२ औं तामाङ पहिचान दिवसको अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने १६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा तामाङ भाषा, कला, संस्कृति, इतिहास, दर्शक र ज्ञानको विविध आयामहरुका पक्षमा विचार विमर्श गरीएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङ लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नेपाल तामाङ घेदुङ बागमती प्रदेशमा निर्वाचित पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*