सांसद सिंहद्वारा आफ्नो एक वर्षको तलबमा थप गरी हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण

संघिय सांसद एवं प्रतिनिधी सभा पुर्वाधार विकास समितीका सभापति दीपक बहादुर सिंहले आफ्नो एक वर्षको तलब रकममा थप गरी हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्नु भएको छ ।
मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतको उपस्थितीमा सांसद सिंहले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गर्नु भएको हो । सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजारमा आफुले ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंहले आफुले निर्वाचनका बेला जनतासंग गरेको बाचा पुरा गरेको बताउनुभयो । जनताको सेवकको रुपमा काम गर्ने कसम खाएको स्मरण गर्दै उहाँले जनतासंग गरेको मध्य एउटा कसम पुरा गरेको बताउनुभयो ।
कार्यक्रममा डाक्टर रुइतले सांसद सिंहले गर्नु भएको सहयोग नितान्त अन्तरआत्माबाट आएको मनोभावनाका रुपमा लिइदिन आग्रह गर्नुभयो । उहाँले सांसद सिंहले गर्नु भएको सहयोग गरिब जनतामा पुर्याउने बताउनुभयो ।
कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल व्यवस्थापन समितीका संरक्षक सिद्धीलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबोल महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा लगायतको आतिथ्यता रहेको थियो ।