आठ सामुदायिक विद्यालय सहित ६६ विद्यार्थीलाई सम्मान

२०८० सालको एसइइ परिक्षामा उत्कृष्ठ नजिता सहित उर्तिण हुने हेटौंडाका सामुदायिक विद्यालय तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।
शनिवार नगरस्तरीय शैक्षिक समन्वय समितीले आयोजना गरेको कार्यक्रममा उपमहानगर भित्रका सामुदायिक विद्यालयहरु मध्य उत्कृष्ट नतिजा ल्याउने ८ विद्यालय र सहित ६६ विद्यार्थीलाई सम्मान गरिएको हो ।
एसइइ परिक्षामा ३.६ जिपीए ल्याउने सिद्धार्थ, आधुनिक, भुटनदेवी, प्रगती, महेन्द्र किरण, जनप्रीय, वंशगोपाल माविमा अध्ययन गर्ने विद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्मान गर्नु भएको हो ।
सम्मान कार्यक्रममा बोल्दै मेयर लामाले अहिलेको शिक्षा प्रणाली सुधार्न जरुरी रहेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । शैक्षिक सुधारका कार्यक्रम ल्याउन उपमहानगरपालिका तयार रहेको भन्दै मेयर लामाले शिक्षकहरु प्नि त्यसमा हातेमालो गर्न तयार हुनुपर्ने बताउनुभयो
नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोईराला, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका मुकेश मिश्र, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष बसन्त राई, प्रगति माध्यमिक बिद्यालयका प्रधानाध्यापक निरञ्जन ढकाल र अभिभावक फुर्वा आलेमगर लगाएतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
समन्यव समितिले नगरमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शैक्षिक सुधारका तालिम सहित नगरमा सञ्चालन हुने आधारभुत तथा निम्न माध्यमिक तहको परिक्षाका लागि प्रश्नपत्र तयार पार्ने गर्दछ । प्रश्नपत्र तयार वापत आधारभुत तहमा ३० रुपियाँ र निम्न माध्यमिक तहमा ४५ रुपियाँ शुल्क लिने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।