बागमतीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा शाहलाई नियुक्त गर्ने निर्णय

छहारी संवाददाता
साउन १३, २०८१

बागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बसेको पहिलो बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को पूर्ण बैठकले मुख्यमन्त्री बहादुर सिंह लामाको राजनीतिक सल्लाहकार नियुक्त गर्ने एक मात्र निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारका रुपमा नुवाकोटका विनोद शाहलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री लामिछानेले शाहलाई प्रदेश सुशासन एन २०७७ को दफा ३ को ५ बमोजिम नियुक्त गरी नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको सेवा सुविधा, काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*