युवालाई स्वरोजगार बनाउन तथा स्वदेशमै टिकाउन व्यवसायीक तालिमः युवा परिषद् बागमती प्रदेश

छहारी संवाददाता
असार २५, २०८१

बढ्दो वेरोजगारी अन्त्य र राजगारीकै लागि विदेशीने युवा जनशक्तिलाई स्वदेशमै रोक्न बागमती युवा परिषद्ले युवा सीपवर्ष घोषणा गरी विभिन्न तालिमहरु संचालन गरेको छ । परिषदले तालिमबाट युवालाई सिप सिकाउने मात्र नभई स्वदेशमै व्यवसायीक सुनिश्चितताको लक्ष लिएको छ ।

नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा दैनिक रुपमा हजारौ युवा विदेशीन बाध्य छन् । गुणस्तरीय शिक्षा हासिल गर्ने बहानामा होस् चाहे परिवार पाल्नकै लागि किन नहोस् लाखौं युवाले परदेशमा पसिना बगाइरहेका छन् ।

राम्रो आम्दानी हुने आशामा विदेशीएका युवा मध्ये अधिकांश सिप बिना नै पुग्छन्, जसका कारण काम नपाएर अलपत्र परेका, अथवा शारिरक रुपमा कठिन भन्दा कठिन काममा लाग्न बाध्य भएको खबरहरु बेला बेला आइरहन्छ ।

स्वदेशमा राम्रो अवसर र आम्दानीको वातावरण नभएपछि युवाहरुले विकल्प खोज्नु स्वभाविक पनि हो । तर विदेशीन बाध्य युवालाई स्वदेशमै रोक्नु सम्बन्धित निकायको दायित्व हो । यसैकुराको दायित्वबोध गर्दै बागमती प्रदेश युवा परिषदले १३ वटै जिल्लाका पाँचहजार युवालाई स्वरोजगार तालिम संचालन गरेको युवा परिषद् बागमती प्रदेशका कार्याकारी उपाध्यक्ष संतोष चौलागाईले बताउनुभयो ।

चौलागाईका अनुसार युवा परिषद्ले प्रत्येक युवा सिपयुक्त युवा बनाउने उदेश्यका साथ युवा सिप वर्ष घोषणा गरी, सिप सिकाउनुका साथै स्वदेशमै व्यवसायीक सुनिश्चितताको लागि टेवा पुजीँ दिने गरी अभियान संचालन गरिरहेको छ ।

युवा परिषद्ले, मन्टेश्वरी, ब्युटीपार्लर, गार्मेन्ट एण्ड टेलरिङ, कुक वेटर, बारिस्टा, फेसन डिजाईनिङ, प्लम्बीङ, हाउस वाइरिङ, ईलेक्ट्रीशियन, मोबाईल मर्मत लगायत २६ वटा विधामा तालिम सञ्चालन गरेको छ । १२ करोड लगानीमा सुरु भएको कार्यक्रममा युवा परिषद्ले ३ करोड रुपैयाँ बराबरको टेवा पुजीँको सुनिश्चितता गरेको चौलागाईले बताउनुभयो ।

दक्ष युवा जनशक्ति निर्माण गर्ने उद्देश्यले संचालन भएको बागमती प्रदेश युवा परिषद्को यो अभियानमा जोडिएर सिप सिकी प्रमाणपत्र सहितको रोजगारीको अवसर अर्थात टेवापुजीँ समेतको व्यवस्थाले युवा उत्साहित बनेका छन् ।

अहिले युवाको प्रमुख समस्याका रुपमा रहेको वेरोजगारी अन्त्य गर्ने उदेश्यले बागमती प्रदेश युवा परिषद्ले आर्थिक २०८१/०८२ लाई युवा सीपवर्ष घोषणा गरेको छ । परिषद्ले यस आर्थिक वर्षमा दश हजार युवालाई सिपयुक्त युवा बनाउने र स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष राखेको युवा परिषद् बागमती प्रदेश हेटौंडाका कार्यलय प्रमुख रमेश घिमिरेले बताउनुभयो ।

बागमती युवा परिषद्को ‘प्रत्येक युवा सिपयुक्त युवा’ अभियान उदाहरणीय छ । यस्ता खाले अभियानहरु सबैतिर प्रभावकारी ढंगले संचालन गरी स्वदेशमै रोजगारीका अवसर दिन सकियो भने पक्कैपनि विदेशीने युवा जनशक्तिलाई स्वलेशमै रोक्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*