आयुर्वेद सेवाको प्रबर्द्धन बारे मकवानपुरमा अन्तरक्रिया

छहारी संवाददाता
असार १९, २०८१

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले आयुर्वेद सेवाको प्रबर्द्धन बारे मकवानपुरका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरेको छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तरगतको चिकित्सालयले जनमानसमा आयुर्वेद सेवाका बारे जानकारी पु¥याउने उदेश्यले अन्तरक्रिया गरेको हो । कार्यक्रममा आयुर्वेदिक सेवाहरु, आयुर्वेदिक कार्यक्रम, आयुर्वेद विधिबाट स्वस्थ रहने उपाए, मनोपरामर्श, योगा लगायतका विषयमा छ्लफल गरिएको थियो ।

अन्तरक्रियामा चिकित्सालयकी प्रमुख डाक्टर ललिता, पाण्डेले चिकित्सालयले यस आर्थिक वर्ष २०८०÷८१ मा महिला स्वयंसेविकालाइ आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार कार्यक्रम, एक जिल्ला एक जडिबुटी उद्वान निर्माण कार्यक्रम, पुर्वकर्म, पन्चकर्म कार्यक्रम, ट्राफिक प्रहरीहरुका लागि नस्य कार्यक्रम, जेष्ठ नागरिक कार्यक्रम, स्तनपायी कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा लगायतका कार्यक्रम गरेको जानकारी दिनुभयो ।

चिकित्सालयले वहिरङ्ग सेवा, निशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पुर्वकर्म पञ्चकर्म सेवा, निशुल्क योग परामर्श, पथ्यअहार कार्यक्रम, जेष्ठ नागरिक सेवा, अकुपन्जर सेवा लगायतका सेवाहरु दिँदै आएको छ भने २३ थरिका औषधि निःशुल्क वितरण गरिरहेको छ ।

चिकित्सालयबाट हालसम्म ८ हजार ७ सय ६२ जना पुरुष र ८ हजार ९ सय १८ जना महिलाले सेवा लिइसकेको डाक्टर पाण्डेले बताउनुभयो । चिकित्सालय मातहतका हटिया आयुर्वेद औषधालय, चुरियामायी औषधालय, काकडा आयुर्वेद औषधालय, नागरिक आरोग्य सेवा केन्द्रबाट हालसम्म ३२ हजार ९ सय ९१ जनाले उपचार सेवा लिईसकेको उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालयकी प्रमुख डाक्टर पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारि सुर्य प्रसाद चापागाईं, आयुर्वेद कन्सल्टेण्ट साइरस न्यौपाने, नेपाल पत्रकार महासङ्ग मकवानपुरका अध्यक्ष मनिराज गौतम लगाएत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*