अपांगता भएकी युवती बलात्कारको कसुरमा बकैयाका गोलेलाई १० वर्ष कैद

छहारी संवाददाता
असार १९, २०८१

अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै एक जनालाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले मकवानपुरको बकैया गाउँपालिका ३ का ५० वर्षका चतुरमान गोलेलाई १० वर्ष कैद सजायको फैसला सुनाएको हो । उनलाई बलात्कारको ७ वर्ष र बौद्धिक अपांगता भएकी युवतीलाई बलात्कार गरेकोमा थप तीन वर्ष गरी १० वर्षको सजाय भएको हो ।

अदालतले गोलेलाई ३ लाख रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आदेश गरेको छ । २०८० पुस २६ गते गोलेले युवतीलाई बलात्कार गरेका थिए । गोले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*