तुलसी मेहरद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीसहित अभिभावक र शिक्षकलाई सम्मान

छहारी संवाददाता
असार १८, २०८१

बागमती प्रदेशको राजधानी हेटौंडामा संचालित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । हेटौंडा वडा नम्बर १० मा रहेको यस विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल ४३ जना विद्यार्थी, तिनका अभिभावक र उत्कृष्ट प्रदर्शन गर्ने ८ जना शिक्षकलाई सम्मान गरेको हो।

२०८० को एसईई परीक्षामा सहभागी कुल ४९ विद्यार्थी मध्ये ४३ जना अर्थात् ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जानकारी दिएको छ । तिमध्ये ९ जना विद्यार्थीले ए प्लस ग्रेड, १३ जनाले ए ग्रेड, १२ जनाले बी प्लस ग्रेड र ९ जनाले बी ग्रेड प्राप्त गरेका छन् ।
हेटौंडा १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा भएको हो ।

कार्याक्रममा विषयगत उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । विषयगत उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । जसमा कम्प्युटर विषयका शिक्षक सुरेन्द्र गौतमको मार्गदर्शनमा ३१ जना विद्यार्थीले ए प्लस र ९ जनाले ए ग्रेड प्राप्त गरे। गणित विषयका शिक्षक देवेन्द्र चापागाईंको प्रयासमा अनिवार्य गणितमा ८ जना विद्यार्थीले ए प्लस र ११ जनाले ए ग्रेड प्राप्त गरे भने ऐच्छिक गणितमा १३ जनाले ए प्लस र २ जनाले ए ग्रेड हासिल गरेको विद्यालयले जानकारी दिएको छ ।

यस्तै अंग्रेजी विषयका शिक्षक कमल नेपालको शिक्षण कौशलको फलस्वरूप ३ जना विद्यार्थीले ए प्लस र २२ जनाले ए ग्रेड प्राप्त गरे। त्यस्तै शिक्षक प्रतिमा बुढाथोकी, आयुष देवकोटा, पवन त्रिपाठी र सन्दीप न्यौपानेलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रघु खरालले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर प्रयासरत रहेको भन्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको बताउनुभयो । उहाँले भन्नुभयो –“हाम्रै संस्था नारायणी कलेजमा विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुला गरिएको छ।” प्रधानाध्यापक खरालले विद्यार्थीहरूलाई आकर्षित गर्न विशेष छुट योजना ल्याएको बताउनुभयो।

उहाँका अनुसार तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ५० प्रतिशत भर्ना शुल्क छुट दिइनेछ भने असार महिनाभित्र भर्ना हुने अन्य विद्यार्थीहरूलाई ५ हजार रुपैयाँसम्मको छुट प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*