दुरसञ्चार प्राधिकरण पुरानो शैलीमा चरिरहेको छः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
असार १४, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुरसञ्चार प्राधिकरण पुरानो शैलीमा चलेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार हेटौंडामा भएको दुरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तर सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश संघीयतामा गइसकेपनि दुरसञ्चार पुरानै शैलीमा चलेको टिप्पणी गर्नुभयो । दुरसञ्चार प्राधिकरणको काम प्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले पालिकाको केन्द्रहरुमै मोबाइलको नेटवर्क र डाटा कमजोर भएको बताउनुभयो ।

अहिलेको व्यवस्था र जनताको बदलिंदो आवश्यकता बमोजिम सेवा प्रदायक संस्थाहरुले पनि सेवा प्रवाहलाई गुणस्तरीय बनाएर लैजान सुझाव दिँदै मुख्यमन्त्री जम्कट्टेलले निजी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने गरी दुरसञ्चारले सेवा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेशलाई प्रविधिमैत्री बनाउन आगामी आर्थिक वर्षमा आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले संघीय सरकारको नीति अनुरुप बागमती प्रदेशलाई आइटी हबको रुपमा विकास गर्ने लक्ष्य रहेको समेत बताउनुभयो । उहाँले सेवा र व्यापारलाई सन्तुलनमा राख्न दुरसञ्चार प्राधिकरणलाई आग्रह उहाँले प्राधिकरणले आफुले प्रवाह गर्ने सेवाको बारेमा समीक्षा गर्नुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा दुरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र अधिकारी, प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*