उद्यमीहरुलाई उत्साह जगाउने कामको सुरुवात भयोः उद्योगमन्त्री श्रेष्ठ

छहारी संवाददाता
असार १४, २०८१

बागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका प्रकाश श्रेष्ठले आफ्नो मन्त्रालयले उद्यमीहरुलाई उत्साह जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नव प्रवर्तन उद्यमी सम्मान कार्यक्रममा उहाँले आफ्नो मन्त्रालयले उद्यमीको साहस बढाउने तथा सरकार छ, भन्ने महसुस गराउने काम गरेको बताउनुभयो । प्रदेशभित्रका उद्यमी तथा उद्योगलाई विकास गर्ने उदेश्यले सम्मान गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाईले सम्मानित हुने महिला उद्यमीहरुलाई सम्मान व्यक्त गर्नुभयो । सबै उद्यमीहरु आफैमा सक्षम रहेको भन्दै उहाँले आगामी दिनहरुमा मन्त्रालयले युवा लक्षित कार्यक्रमहरुमा पनि जोड दिन आग्रह गर्नुभयो । युवालाइ उद्यमी बनाउने हरेक गतिविधीमा उद्योग वाणिज्य संघले मन्त्रालयसंग सहकार्य गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

मन्त्रालयले उद्योग वाणिज्य संघ मकवानपुर संगको समन्वयमा उद्यामी छनोट गरी तीन जना महिला उद्यमीलाई नव प्रवर्तन उद्यमी सम्मान गरेको हो । छनोटमा प्रथम हुने माउन्टेन वि. कन्सर्न प्राली ललितपुर प्रथम, द्धितिय हुने मरण ढाका उद्योग, मरिण ६ र तृतिय हुने श्यामा बाटिका एकिकृत कृषि तथा पशुपंक्षि फार्म हेटौंडा १५ लाई मन्त्रालयले शुक्रबार सम्मान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*