बिषालु च्याउ खाँदा मकवानपुरमा एक सातामा ३ जनाको मृत्यु,१६ जना बिरामी

छहारी संवाददाता
असार ११, २०८१

जंगली बिषालु च्याउ खाँदा मकवानपुरमा एक साता भित्र तीन जनाको मृत्यु भएको छ । १६ जना बिरामी परेका छन् ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका ९ नामटार बस्ने विनोद लामाका ४ वर्षका छोरा दिपेश लामा, सोहि स्थानकी २५ वर्षकी निरुमाया रुम्बा र राक्सिराङ्ग गाउँपालिका ७ दुगुवाङ्ग बस्ने ५५ वर्षका बलबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

असार ३ गते जंगली च्याउ खाएर बिरामी परेका दिनेश लामाको सिएमसी अस्पताल चितवनमा उपचार भैरहेकोमा परिवारले आफू खुसी घर लगेको र उनको ८ गते घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही अस्पतालमा उपचाररत निरुमाया रुम्बाको थप उपचार गर्न आर्थिक अवस्था कमजोर रहेको भन्दै परिवारले घर ल्याएकोमा ८ गते रुम्बाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यस्तै ८ गते जंगली च्याउ खाएर बिरामी परेका बलबहादुर प्रजाको भरतपुर अस्पताल चितवनमा ८ गते मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी परेका मध्य ८ जना उपचारपछि घर फर्किएको र अन्यको सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*