प्रतिष्ठान र हेटौंडा अस्पतालको विषयमा भ्रम छर्न खोजियोः डोरमणि पौडेल

छहारी संवाददाता
२ जेष्ठ २०८१, बुधबार १६:२८

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालको सम्वन्धमा भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाउनु भएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यक्तिको नाममा राखिएको र एमालेलाई पोस्न खोजिएको छ भन्ने भ्रम जनमानसमा पार्न खोजिएको आरोप लगाउनुभयो । प्रतिष्ठान र हेटौंडा अस्पताल बीचको यथार्थ सबैले बुझ्नुपर्ने भन्दै उहाँले देशैभरीका प्रतिष्ठान जस्तै सरकार मातहतको प्रतिष्ठान रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रथम मुख्यमन्त्री पौडेलले जनताको भाग्य र भविष्य जोडिएको हेटौंडा अस्पतालको विगत र वर्तमान नबुझी आग्रह प्रर्वाग्रह राखेर केहि राजनितीक दलहरुले भ्रमपूर्ण अभिव्यक्ति दिइरहेको बताउनुभयो । उहाँले सबैले गम्भिरताका साथ प्रतिष्ठान स्थापना कालदेखिको कामको समिक्षा गर्नु पर्ने बताउनुभयो ।

प्रथम मुख्यमन्त्री पौडेलले तत्कालिन प्रदेश सरकारले चिकित्सा शिक्षा संचालन गर्ने गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको भन्दै कानुनी व्यवस्था अुनसार प्रतिष्ठानमा हेटौंडा अस्पताल हस्तान्तरण भइसकेको बताउनुभयो । स्थानियको गुनासोको सुनुवाइ गर्दै मुख्य समस्याका रुपमा रहेको मेडिकल कलेज स्तरको संस्था संचालन र रिफर सेन्टरको अन्त्य गर्ने उदेश्य राखेर प्रतिष्ठान संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २७० जना विद्यार्थी सहित स्वास्थ्य विज्ञान अन्तर्गतका विभिन्न विषयहरुको अध्यापन भइरहेको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य बद्री लंसाल, एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*