१४२ थान मोबाइल फेला पारी सम्बन्धित मोवाइल धनीलाई फिर्ता

छहारी संवाददाता
२० चैत्र २०८०, मंगलवार १७:१५

मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएका १ सय ४२ थान मोबाइल फेला पारी सम्बन्धित मोवाइल धनीलाई बुझाएको छ ।

मोबाइल फोन हराएको निवेदनको आधारमा खोजतलास गर्दा फेला परेको मोवाइल सम्बन्धित धनीलाई बोलाएर बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म ५ सय २४ थान मोवाइल हराएको कार्यालयमा निवेदन कार्यालयमा दर्ता भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक विक्रम खड्का मगरले जानकारी दिनुभयो ।

त्यस मध्ये प्रहरीले १ सय ४२ सेट मोवाइल फेला पार्न सफल भएको हो । चैत्र महिनामा मात्रै २७ थान हराएका मोवाइल प्रहरीले फेला पारेको छ । प्रहरीले फेला पारेका विभिन्न ब्रान्डका मोवाइल सेटको बजार मूल्य १५ हजार दे्खि १ लाख सम्मका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*