बागमती प्रदेशमा पुनः मन्त्रीपरिषद् विस्तार

एकिकृत समाजवादीकी रमा आलेमगरद्वारा विना विभागिय मन्त्रीको सपथ ग्रहण
छहारी संवाददाता
२० चैत्र २०८०, मंगलवार १३:४३

बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तारको क्रम चलिरहेको छ ।

सोमबार बसेको प्रदेश सभाबाट तेश्रो पटक विश्वासको मत लिन सफल हुनु भएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पुनः एक मन्त्री थप्दै मन्त्रीपरिषद् विस्तार गर्नु भएको हो । मुख्यमन्त्री जम्कट्टेलले नेकपा एकीकृत समाजवादीका सांसद रमा आलेमगरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

मन्त्री आलेमगरले मंगलबार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिनु भयो । आलेमगर एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुनुहुन्छ । शपथ ग्रहण पछि सञ्चारकर्मीसंग कुरा गर्नुहुँदै मन्त्री आलेमगरले आफ्नो दाबी भौतिक पूर्वाधार मन्त्रालयमा भएको बताउनुभयो ।

पत्रकारहरुसंग कुरा गर्दै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले आफुहरुले पाएको ३ वटा मन्त्रालयको संख्या नघट्ने तर मन्त्रालय भने हेरफेर हुने बतानउुभएको छ । उहाँले गठबन्धनबीच गठन भएको कार्यदलले मन्त्रालयको पुर्नविभाजन गर्ने बताउनुभयो ।
मन्त्री आलेले मन्त्री पदमा शपथ लिएसंगै बागमती प्रदेशमा मन्त्रीको संख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । अन्य ४ मन्त्रालय मन्त्री विहीन अवस्थामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*