हेटौंडामा माघ २६ र २७ गते वृहत् वडा स्तरीय खेलकुद प्रतियोगिता हुने

छहारी संवाददाता
१९ माघ २०८०, शुक्रबार १९:५०

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा माघ २६ र २७ गते वृहत् वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोग तथा शैक्षिक गुणस्तर सुधार समितिको आयोजनामा खेलकुद प्रतियोगिता हुन लागेको हो । विद्यार्थीहरको सिर्जनशिल प्रतिभा उजागर तथा शारीरिक विकास गर्ने उद्देश्यले विभिन्न विधामा खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।

४ नम्बर वडा भित्रका साम्दायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगितामा एथलेटिक्स, भलिवल, फुटबल र क्रिकेटका खेलहरु हुने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।

माघ २६ गते हुप्रचौरबाट स्काउट, खेलाडी, विद्यार्थी र शिक्षकको सहभागितामा उद्घाटन ¥याली निकालिने आयोजकले जानकारी दिएको छ । विद्यालय स्तरबाटै दक्ष खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष सिग्देलको भनाइ छ ।

विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न, विद्यालयबीच खेलमूलक प्रतिस्पर्धा गराउन विद्यार्थीका हारेक तन्दुरुस्ती कायम गर्न प्रतियोगिता आयोजना गरिएका शैक्षिक गुणस्तर सुधार समिति वडा नम्बर ४ का अध्यक्ष श्रीराम दाहालले जानकारी गर्नुभयो । प्रतियोगितका सबै खेलहरु हेटौंडा ४ स्थित हुप्रचौर खेल मैदानमा आयोजना हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*