अतिरिक्त क्रियाकलापहरुको नतिजा सार्वजनिक

छहारी संवाददाता
१९ माघ २०८०, शुक्रबार १९:४२

हेटौंडा उपमहानगरपालिका वडा नम्बकर ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको अतिरिक्त क्रियाकलापहरुको नतिजा सार्वजनिक गरिएको छ ।

माघ ५ गते र १९ गते भएका विभिन्न बौद्धिक स्तरका प्रतियोगिताको नतिजा पत्रकारसम्मेलन माफृत् सार्वजनिक गरिएको हो । माघ ५ गते भएको हिज्जे प्रतियोगितामा नवोदय शिसुसदन, ब्रम्हदिक एकेडेमि र सत्यम् जेभियर्श स्कुल क्रश प्रथम द्धितिय र तृतीय भएका छन् ।

यस्तै, माघ ५ गते नै भएको निबन्ध प्रतियोगितामा भुटनदेवी माविकी पिंकी शाह प्रथम, श्रमिक माविका आलेक महरा दोस्रो र आधुनिक राष्ट्रिय माविकी बेबी मर्जिना खातुन तेस्रो हुन सफल भएका छन् । वतृत्वकलातर्फ ब्रम्हदिकका प्रियान्सु पोखरेल पहिलो हुदा आधुनिकका कश्यप तिवारी दोस्रो र नवोदय शिसु सदनका बिदुशि हुँमागाई तेस्रो भएका छन् ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार भएको कविता प्रतियोगितामा ब्रम्हदिक, सत्यम् जेशियर्स र आधुनिक स्कुल क्रमश पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । हाजिरिजवाफतर्फ आधुनिक पहिलो, ब्रम्हदिक दोस्रो र नवोदय तेस्रो भएको ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो ।

शुक्रबार भएको वादविवाद प्रतियोगितामा भुटनदेवी प्रथम भएको छ । त्यस्तै, ब्रम्शदिक र सत्यम् दोस्रो र तेस्रो भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*