बागमती प्रदेशका अर्थमन्त्री लामाद्वारा हेटौंडा–१४ मा रहेको विद्यालय अनुगमन

छहारी संवाददाता
माघ १८, २०८०

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले विद्यालयको अनुगमन गरेका छन् । बिहीबार बिहान विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन हेटौंडा–१४ मा रहेको भृकुटी माध्यमिक विद्यालयमा अनुगमन गरेका हुन् ।

मन्त्री लामाले विद्यालयको प्रत्येक कक्षाकोठामा पुगेर अनुगमन गरेका थिए । विद्यालय अनुगमनमा मन्त्री लामालाई विद्यालयका प्रधानाध्यापक अच्युतकृष्ण रिजाल एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार मोक्तानले विद्यालयका बारेरमा बिस्तृत जानकारी गराएका थिए ।

अनुगमनका क्रममा मन्त्री लामाले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । उनले शिक्षक, तथा विद्यार्थीहरुले थप परिश्रम गरि नमुना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक शिक्षा सुधार गर्ने प्रदेश सरकारको लक्षय रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरे ।

२०७२ को भुकम्पपछि युएसएडको सहयोगमा एनआरएस परियोजना अन्तर्गत बनेको भवन एनआरएस परियोजना प्रमुख रामजी थापाले विद्यालयलाई हस्तान्तरण गरेका थिए । १८ करोड लगानीमा निर्माण भएको विद्यालय अपांगमैत्री छ, त्यहाँ अशक्त विद्यार्थी सहज रुपमा शौचालय जान सक्ने भौतिक अवस्था छ ।

विद्यालय भवन वातावरणमैत्री पनि छ । घाम लाग्दा कक्षाकोठामा नजाने र गर्मी मौसममा गर्मी नहुने र चिसोमा चिसो नहुने गरी विद्यालयको भौतिक संरचना निर्माण भएको विद्यालयका प्रधानाध्यापक रिजालले बताए । विद्यालयका लागि २२ कोठे भवन निर्माण गरिएको छ । विद्यालयमा ३ सय ५० विद्यार्थी छन् । विद्यालयमा २५ वटा कम्युटर सहित ल्याबको व्यबस्था समेत रहेको प्रधानाध्यापक रिजालले जानकारी दिए । विद्यालयमा विपन्न परिवारका विद्यार्थी पढ्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*