हेटौंडा कपडा उद्योग संचालन गर्न आफ्नै कपास उद्योग खोल्नु पर्छः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
माघ १८, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा कपडा उद्योग संचालन गर्न सहज नरहेको बताउनु भएको छ ।

बिहिबार प्रदेश सभाको छैठौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले संसारको व्यवसाय आफ्नो जगमा उभिएकोले सफल हुने गरेको जिकिर गर्नुभयो । अरुको देखासेखीले उद्योग व्यवसाय नचल्ने भन्दै उहाँले कपडा उद्योग संचालन गर्ने भए आफ्नै कपास उद्योग खोल्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनु पर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको जानकारी दिइएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्म ३४ दिन प्रदेशसभा संचालन भएको र ५६ बैठक बसेको छ । बैठकबाट प्रदेशसभामा दर्ता भएका १२ विधेयकमध्ये ८ विधेयक पारित भइसकेको र पास भएकामध्ये एउटा विधेयक पुनर्विचारका लागि प्रदेश प्रमुखबाट प्रदेशसभामा फिर्ता पठाइएको छ ।

कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*