बागमती प्रदेश सभाको छैठौं वार्षिक उत्सव सम्पन्न

छहारी संवाददाता
१८ माघ २०८०, बिहीबार १९:४८

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नामले विभुषित भैसकेको बताउनुभएको छ।
बिहिबार प्रदेश सभाको छैठौं वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै उहाँले सौम्य¸शान्त र सुरम्य प्रदेश निर्माणमा सबैको अमूल्य योगदान र जीवन्त भूमिका रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा कपडा उद्योग संचालन गर्न सहज नरहेको बताउनु भएको छ । प्रदेश सभाको छैठौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले संसारको व्यवसाय आफ्नो जगमा उभिएकोले सफल हुने गरेको जिकिर गर्नुभयो ।

अरुको देखासेखीले उद्योग व्यवसाय नचल्ने भन्दै उहाँले कपडा उद्योग संचालन गर्ने भए आफ्नै कपास उद्योग खोल्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनु पर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको जानकारी दिइएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्म ३४ दिन प्रदेशसभा संचालन भएको र ५६ बैठक बसेको छ । बैठकबाट प्रदेशसभामा दर्ता भएका १२ विधेयकमध्ये ८ विधेयक पारित भइसकेको र पास भएकामध्ये एउटा विधेयक पुनर्विचारका लागि प्रदेश प्रमुखबाट प्रदेशसभामा फिर्ता पठाइएको छ ।

कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको छ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको अध्यक्ष्तामा भएको कार्यक्रममा विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*