लेखापढी कानुन व्यवसायी एसोसिएसन कलैयाको नव निर्वाचित इकाइ समितिद्वारा सपथ ग्रहण

छहारी संवाददाता
माघ ५, २०८०

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कलैयाको नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न भएको छ ।

शुक्रबार कलैयामा आयोजित कार्यक्रममा नव निर्वाचित इकाइ कार्यसमितिका अध्यक्ष बृज किशोर यादव, उपाध्यक्ष शिवपुजन ठाकुर, सचिव दिनेश प्रसाद राउत, सहसचिव बिनोदलाल कर्ण, कोषाध्यक्ष प्रमानन्द पटेल र सहकोषाध्यक्ष दिनेश कुमार मण्डल, सदस्यहरु केशव यादव, सुनिता कुमारी कोइराला, उपेन्द्र पासवान, नरेन्द्र तिवारी, रामनिवास ठाकुर, रामनरेश साह कानु र लक्ष्मण यादवले सपथ ग्रहण गर्नु भएको हो । उहाँहरुलाई शिवनाथ प्रसाद यादवले सपथ ग्रहण गराउनु भयो ।

सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति कलैयाका अध्यक्ष पनालाल कुशवाहा, नेपाल लेखापढी व्यवसायी मधेस प्रदेश सदस्य जितनारायण प्रसाद पटेल, नेपाल लेखापढी एसोसिएसन बाराका बरिस्ठ सदस्य घनश्याम प्रसाद साह, नेपाल लेखापढी कानुन एसोसिएसन इकाई समिती सिमराका अध्यक्ष पवन पोखरेल, बारा जिल्ला अदालतका बरिस्ठ अधिवक्ता प्रकाश सेढाई, केन्द्रिय निर्वाचन पर्यवेक्षक समिती सदस्य विरेन्द्र प्रसाद यादव, पत्रकार महासंघ बाराका सचिव अनिल गौरव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

निर्वाचन समितीका संयोजक शिवनाथ प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिती सदस्य माधव तिमल्सिना, संजय केशरी, घनश्याम प्रसाद साह, अनिल बर्मा, अमरेस कुमार पाण्डे, प्रभु यादव, प्रमोद कुमार तिमल्सिना, हकिम मिया, प्रकाश सेढाई, भुटन साह कानु, मेवालाल पटेल, लगायतको उपस्थिति रहेको थियो ।सपथ ग्रहण कार्यक्रममा निर्वाचन समिती सदस्य संजय केशरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*