शिखर बचतद्वारा नगर भित्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान

छहारी संवाददाता
पुस २१, २०८०

थाहा नगरपालिकाको शिखर बचत तथा ऋण सहकारी संस्थाले नगर भित्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

संस्थाले आफ्नो १३ औं वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याउने नगरभित्रका व्यक्तिहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा डाक्टरहरु गगन कार्की, पवन कार्की, सुजता केसी र रिकेश कार्कीलाई आफ्नै नगरपालिकामा कार्यक्षेत्र बनाइ स्वास्थ्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।

यस्तै सामाजिक क्षेत्रमा योगदान दिनु भएका यादवजंग रायमाझीलाई उत्कृष्ट समाजसेवी सम्मान गरिएको छ । यस्तै सम्मानित हुनेमा साहित्य क्षेत्रबाट बिर्खे अन्जान र पत्रकारीताको क्षेत्रमा उत्कृष्ट योगदानको कदर गर्दै थाहापाटिका सम्पादक शम्भु अधिकारीलाई सम्मानित गरिएको छ ।

त्यसैगरी पालुङ जेसिज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझी र संस्थातर्फ च्वाइस नेपाल र मेन्टर इन्टरनेशनललाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उहाँहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*