हेटौंडा बचतद्वारा विभिन्न विधामा आफ्ना सदस्यहरुलाई सम्मान तथा पुरस्कृत
हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणले विभिन्न विधामा आफ्ना सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
शनिबार हेटौंडामा सम्पन्न साधारण सभाले पत्रकारीता तर्फ गोकुल अधिकारी, मासिक बचतकर्ता तर्फ रामशोभा ढुङ्गाना, विष्णुदेवी थिङ, मेनुका सुवेदी, असल ऋणीतर्फ विमला थोकर, अच्युता पाण्डे, शिव बहादुर खत्री, बाल बचततर्फ आरभ राय, रितिका खतिवडा, आरुश बराल, ऐच्छिक बचततर्फ रमेश कार्की, दैनिक बचततर्फ सीतादेवी रोक्का, लक्ष्मी गौतम, कैलाश न्यौपाने, आवधिक बचततर्फ अर्जुन अधिकारी, तोरण कुमारी सुवेदी र पेन्सन बचततर्फ कमला दाहाललाई पुरस्कृत गरेको छ ।
यस्तै सभाले जेष्ठ शेयर सदस्य बचततर्फ हीरालाल पाख्रीन, सामाजिक व्यक्तित्व श्यामकल श्रेष्ठ, संरक्षित पुँजी फिर्ताकोष तर्फ राधिका दहाल, उत्कृष्ट कर्मचारी कमाने सदस्य सेवा केन्द्रका प्रमुख श्याम कुमार दहाललाई सम्मानित गरेको छ । सभामा एसईइमा उत्कृष्ट अंक ल्याउने १५ जना विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै एकैपटक सदस्य बनेका ३७ जोडी दम्पतीलाई समेत पुरस्कृत गरिएको छ ।
साधारण सभामा संस्थाका प्रवन्धक रामशरण गौतमले सहकारीले आफ्ना सदस्यलाई आव २०७९÷८० मा ५७ करोड ९ लाख ३० हजार १६७ रुपैयाँ कर्जा लगानी गरेको र संस्थामा ४८ करोड ९३ लाख ८५ हजार ३८८ रुपैयाँ बचत निक्षेप रहेको जानकारी दिनुभयो । ४ करोड २३ लाख ६७ हजार २ सय पुजीँ रहेको संस्थामा तीन करोड ८ लाख ७० हजार ६८२ रुपैयाँ जगेडा कोष रहेको गौतमले बताउनुभयो ।
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, वडा ७ का निवर्तमान अध्यक्ष राजन थापा, राष्ट्रिय सहकारी बैंकका सहायक प्रवन्धक वेद प्रसाद तिमल्सिना, सर्वोत्म संचिति साकोसका अध्यक्ष राम बहादुर बस्नेत, साइराम साकोसका अध्यक्ष राजेन्द्र पौडेल, संजीवनी साकोसका अध्यक्ष जानकी चौधरी, सृजना साकोसका अध्यक्ष ध्रुवप्रसाद अर्याल, जनकल्याण साकोसका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, नवज्योति माविका अध्यक्ष कृष्ण थापामगर लगायत विभिन्न टोल विकास, सामूदायिक वन, विद्यालयका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।







