दामन पालुङको पर्यटन प्रवर्द्धनका लागि हेटौंडामा फोटो प्रदर्शनी (तस्विरहरु)
मकवानपुरको उत्तरी क्षेत्र दामन पालुङको पर्यटन प्रवर्द्धनका लागि फोटो प्रदर्शनी सुरु भएको छ ।

शुक्रबारबाट बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्ध चोकमा सुरु भएको प्रदर्शनी दुई दिनसम्म चल्ने छ ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गर्नु भएको प्रदर्शनीमा थाहा नगरको विभिन्न पर्यटकीय स्थल, प्राकृतिक क्षेत्र, धार्मिक स्थल, थाहा क्षेत्रको संस्कृति र जीवनशैली समेटिएका ६० वटा फोटो राखिएको छ ।


थाहा नगरपालिकाको आयोजनामा सुरु भएको फोटो प्रदर्शनीको पाँच हजार जन भन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको छ । प्रर्दशनी शनिबारसम्म चल्नेछ ।
















