हेटौंडामा हुने खेलकुद तथा व्यापार महोत्सवको मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्ने

छहारी संवाददाता
पुस ४, २०८०

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले पुष ५ गते बिहिबारबाट हुन लागेको वृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी लगभग सकिएको बताउनु भएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुरले वृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी बारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा समितीका अध्यक्ष खड्गीले विभिन्न विवादका कारणले खेलकुद महोत्सव हुने नहुने अन्यौल रहेको भएपनि सबैको साथ सहयोगले पुष ५ गते अथार्त बिहिबारबाट महोत्सव सुरु हुने पक्का भएको बताउनुभयो । महोत्सवबाट प्राप्त हुने रकम खेलकुदको विकासमा लगाउने उदेश्यले महोत्सव गर्न लागिएको बताउनुभयो ।

हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा हुने खेलकुद महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नु हुने आयोजकले जनाएको छ । १७ गतेसम्म महोत्सव हुने महोत्समा २ सय ६० वटा स्टल रहनेछन् । यस्तै मेला अवधिभर सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुनेछ ।

आयोजकका अनुसार महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगितासहित १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ । महोत्सवबाट प्राप्त रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । महोत्सवबाट समितिले करिब २० लाख रुपैयाँ प्राप्त गर्ने दावी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*