हेटौंडामा खानेपानीको स्थिती मजबुद बनाउन मास्टर प्लान बन्दैछः हेटौंडा मेयर लामा
हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले खानेपानीको स्थिती मजबुद बनाउन मास्टर प्लान बनाउन लागेको बताउनु भएको छ ।
हेटौंडा खानेपानीको डिजिटल बिल भुक्तानी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पानीको संरक्षण गर्नु स्थानिय सरकारको दायित्व रहको बताउनुभयो । उहाँले स्थानिय सरकारले अरु केही दिन नसके पनि शुद्ध खाने पानी दिन सक्नुपर्ने भन्दै धाराबाटै पानी खान मिल्ने व्यवस्थाको तयारीमा रहेको बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिका भित्रका उपभोक्ताहरुले पानीको महसुल अब अनलाइनबाटै भुक्तानी गर्न पाउने भएका छन् । खानेपानी विकास बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा इ एन एम बि एपको उद्धघाटन गरिएको हो ।







