प्रधानमन्त्री प्रचण्ड यहि मंसिर ३० गते शनिबार हेटौंडा आउने

प्रधानमन्त्री प्रचण्डले हेटौंडामा रहेको मानवसेवा आश्रमको मुख्य कार्यालय भवन उद्घाटन गर्ने
छहारी संवाददाता
मंसिर २८, २०८०

हेटौंडामा रहेको मानवसेवा आश्रमको मुख्य कार्यालय भवनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउनु हुने भएको छ ।

मानवसेवा आश्रमले बिहिबार पत्रकार सम्मेलन गरी यहि मंसिर ३० गते शनिबार आश्रमको मुख्य कार्यालय भवन उद्घाटनका लागि प्रधानमन्त्री आउने जानकारी दिएको हो । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले भवनको उद्घाटन समारोहमा प्रधानमन्त्रीसंगै विशिष्ट पाउनाहरु गृहमन्त्री, अर्थमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लगायत बागमती प्रदेशका मुख्यमन्त्रीको आतिथ्यता रहने जानकारी दिनुभयो ।

आश्रम परिसरमा आयोजित पत्रकार सम्मेलनमा मानवसेवा आश्रमको आर्थिक वर्ष २०७९/८० को प्रगती तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । संस्थाका उपाध्यक्ष उमा भण्डारीले प्रगती प्रतिवेदन सार्वजनिक गर्दै संस्थाको स्थापना कालदेखि हालसम्म १ हजार ५ सय ८१ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । साथै आर्थिक बर्ष २०७९/८० मा ५५ जनाको उद्धार गरिएको भण्डारीले जानकारी दिनुभयो ।

यस्तै सम्मेलनमा संस्थाका बित्त बिभाग प्रमुख अस्मिन गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट २ करोड ४७ लाख ५६ हजार १ सय ५० रुपैया आम्दानी र ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

यसंगरी संस्थाका अभिभावक तारा प्रसाद लामिछानेले मुख्य कार्यालयको निर्मित भवनको भौतिक संरचनाको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले भौतिक संरचना निर्माणका लागि कुल रकम १३ करोड ९५ लाख ६१ हजार १ सय १६ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाका एसपी अनिल कार्की, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारी, सामाजिक विकास मन्त्रालयका महिला विकास महाशाखा प्रमुख चन्दा व्यञ्जनकार, हेटौंडा ९ नम्बर वडा सदस्य बिष्णु राना मगर, मानव सेवाका अभियन्ता, समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*