निर्माण व्यवसायी संघ मकवानपुरको कार्यक्रममा २२ जनाले गरे रक्तदान
१६ औं निर्माण दिवसको अवसरमा निर्माण व्यवसायी संघ मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा २२ जनाले रक्तदान गरेको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र चौलागाईले जानकारी दिनुभयो ।
पुर्व अध्यक्ष तथा सल्लाहकार आनन्दराम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघ बागमति प्रदेशका सहकोषाध्यक्ष राजेश भेटवाल, निर्माण व्यवसायी संघ मकवानपुरका पुर्व अध्यक्ष खड्ग गोपाली, संघका प्रथम, द्धितिय र तृतिय उपाध्यक्षहरु, उपमहासिचव सुरज बर्तौला, कोषाध्यक्ष अनल क्षेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कडेंलको अध्यक्ष्तामा सम्पन्न भएको हो ।







