मकवानपुरका फरक फरक विधामा उत्कृष्ट १२ जनालाई सम्मान
जिल्ला समन्वय समिति मकवानपुरकाले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान गरिएको छ ।
सहकारी विधा अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्र सरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामिण जीवनस्तर सुधार मञ्च मकवानपुरलाई सम्मान गरिएको छ ।
यसैगरि, कर्मचारितर्फ जिल्ला समन्वय समिति मकवानपुरमा खरिदार पदमा कार्यरत कर्मचारी अमृता खनाल र कैलाश गाउँपालिका अन्तर्गत कार्यरत सिनियर अनमि आशाकुमारी गुरुङ झा, बकैया गाउँपालिकाका सहायक पाँचौं तहका कर्मचारी मनिषा पराजुली सम्मानित भएकी छन् ।
समाजसेवातर्फ “फरक सोच अभियन्ता” थाहा नगरपालिकाका यादवजंग रायमाझी सम्मानित भएका छन् । यस्तै, खेलकुदतर्फ कराँतेमा, थाहा नगरपालिकाका मान सिं दोङ सम्मानित भएका छन् ।
यस्तै, सामुदायिक वनतर्फ सिमपानी देउकोट सामुदायिक वन उपभोक्ता समूह मनहरि सम्मानि भएका छन् भने शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाका चन्द्र आधारभूत विद्यालय सम्मानित भएका छन् । यसैगरि साना महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित भएकी छन् ।







